अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेसमा एकपछि अर्का नेता एमाले प्रवेश गर्दै,आज सिराहामा हजारौंलाई प्रवेश गराउन अध्यक्ष ओली आँउदै

मधेसमा एकपछि अर्का नेता एमाले प्रवेश गर्दै,आज सिराहामा हजारौंलाई प्रवेश गराउन अध्यक्ष ओली आँउदै


सिराहा- मधेसका एकपछि अर्का नेता एमाले प्रवेश गर्ने क्रम जारी छ । यसै क्रममा आज सिराहा जिल्लाबाट ठूलो संख्यामा विभिन्न पार्टी त्यागेर एमाले प्रवेश गर्दैछन् ।
एमाले सिराहाका अध्यक्ष चण्डेश्वर मण्डलका अनुसार जसपा नेता तथा लक्ष्मीपुर पतारी गाउँपालिकाका निवर्तमान अध्यक्ष रामबल्लभ साह, नेकपा माओवादी नेता रामचन्द्र महतो, जसपा नेता तथा सिरहा नगरपालिकाका निवर्तमान वडाध्यक्ष गोपाल यादवसँगै हजारौं कार्यकर्ता शुक्रवार एमालेमा प्रवेश गर्नेछन् । उनीहरुलाई एमालेमा प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओली आज सिराहा जाँदै हुनुहुन्छ ।अध्यक्ष मण्डलका अनुसार हजारौं नामहरु भएकोले अहिले टाइपिङ गर्ने काम हुदैछ । प्रवेश गर्नेहरुमा मधेसवादी दलका केन्द्र र प्रदेश सदस्यहरु,माओवादी र काँग्रेसबाट समेत ठूलो संख्यामा एमाले प्रवेश गर्ने मण्डलले जानकारी दिनुभयो ।
सिरहाले गोलबजार नगरपालिकामा पर्ने चोहर्वामा प्रवेश कार्यक्रम राखेको छ ।

तीन दिन अगाडि धनुषा आएर एमाले अध्यक्ष ओलीले कांग्रेस नेता सन्तोष यादव, जसपा संघीय सांसद रुहीनाज र प्रदेश सांसद रञ्जु कुमारी यादवलगायत हजारौं कार्यकर्तालाई पार्टीमा प्रवेश गराउनु भएको थियो ।
हिजो मात्र लोसपाका प्रमुख सचेतक एवं संघीय साँसद ..अरगरीया एमालेमा प्रवेश गर्ने घोषणा गर्नु भएको भएको छ ।