काठमाडौं-नेकपा एमाले सातै प्रदेशका कमिटीबाट उम्मेदवारको नाम केन्द्रमा पठाएको छ । एमालेका सतै प्रदेश कमिटीबाट मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस भएर आएको हो ।
निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रमा उम्मेदवारको नाम पुगेको एमाले केन्द्रीय पार्टी कार्यालय सचिव डा। भीष्म अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशबाट सिफारिस भएर आएका नाम केन्द्रले छनौट गरिरहेको छ । एमालेले भदौ २० गतेसम्म उम्मेदवारको नाम केन्द्रमा पठाउन निर्देशन दिएको थियो ।
उहाँले भन्नुभयो, प्रदेशबाट नाम आएको छ । तल्ला कमिटीले नाम सिफारिस गरेर केन्द्रमा पठाएका छन् । अब केन्द्रले छनौट गर्छ । धेरै नाम आएकाले माथिबाट छान्न बाँकी छ । उहाँले निर्वाचन आयोगले दिएको उम्मेदवारी मनोनयनको समयसम्म उम्मेदवारको छनोट गरिसक्ने बताउनु भयो ।
निर्वाचन आयोगले असोज २३ गते उम्मेदवारको मनोनयन गर्ने समय तय गरेको छ । यस्तै समानुपातिकतर्फका बन्दसूची असोज २ र ३ गते निर्वाचन आयोगमा बुझाउनु पर्ने छ ।





प्रतिक्रिया