अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद् अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्को बैठक जारी 

संसद् अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्को बैठक जारी 


संसद् अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्को बैठक बसेको छ । शुक्रवार बिहान ९ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

बालुवाटार स्रोतका अनुसार बैठकले संघीय संसद्को ११ औं अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने छ । प्रतिनिधिसभाको कार्यकाल शनिवार मध्यरातिदेखि अन्त्य हुने बताइएको छ ।

समानुपातिकको बन्दसूची बुझाउनुअघि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी छ । सिफारिस गर्न लागिएको उनको भनाइ छ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबारका लागि समय तोकेको छ ।