काठमाडौं -काठमाडौं महानगरपालिकाले हटलाइन सेवा सुरु गरेको छ । महानगरका मेयर बालेन्द्र साहका अनुसार डेंगु संक्रमितका लागि २४ घण्टे हटलाइन सुरु भएको हो ।
डेंगु संक्रमित भए वा नभएको शंका लागेमा ११८० मा फोन गरेर स्वास्थ्यकर्मीबाट परामर्श लिन यो सेवा सुरु गरेको हो । आवश्यक परे १०२ मा फोन गरेर महानगरको निःशुल्क एम्बुलेन्स सेवा लिन पनि सकिनेछ ।
डेंगु समुदायमा फैलाएपछि रोकथाम र नियन्त्रणका गर्न आवश्यक रहेको महानगरले बताएको छ ।
प्रतिक्रिया