काठमाडौं-निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान सुरु भएको छ। बयान दिन महाभियोग सिफारिस समिति सिंहदरबार पुगेका उहाँको शुक्रबार बिहान साढे ९ बजेबाट बयान सुरु गरिएको हो।
बयानको क्रममा समितिमा सांसदहरुले जबरालाई प्रश्न गर्ने छन्। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले भदौ १५ बाट सुरु गरेको उहाँको बयान आजै सक्ने तयारी रहेको छ।
तर नेकपा एमालेले पूरक प्रश्न नसोध्न प्रस्ताव गरेको छ । बैठकमा पूरक प्रश्न नगरेर थप कागजात संकलन गर्ने एमालेले प्रस्ताव गरेको हो । थप प्रमाण जुटाउन एमालेका नेताहरुले प्रस्ताव राखेका हुन्।





प्रतिक्रिया