अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी चितवनलाई अर्को धक्का, महानगर सचिवालय सदस्यद्वारा पार्टी परित्याग

माओवादी चितवनलाई अर्को धक्का, महानगर सचिवालय सदस्यद्वारा पार्टी परित्याग


चितवन-नेकपा माओवादी केन्द्रलाई चितवनमा अर्को धक्का लागेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रका प्रभावशाली नेता यमबहादुर परियारसहितको टिमले माओवादी केन्द्र परित्याग गरेको भोलिपल्ट अर्को धक्का लागेको हो ।

माओवादी केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज परियारले बिहीबार पार्टी छाडेर एमालेमा प्रवेश गरेका थिए । उनले पार्टी छाडेको भोलिपल्ट शुक्रवार  माओवादी केन्द्र भरतपुर महानगरपालिकाका सचिवालय सदस्य खगराज पाठकले पनि पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

भरतपुर महानगरपालिका वडा नं. ६ का वडा इन्चार्जसमेत रहेका पाठक सो क्षेत्रका चर्चित युवा नेता मानिन्छ । उनी माओवादी निकट अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्यसमेत हुन् । उनले माओवादीभित्र चरम परिवारवाद, नातावाद मौलाएकोले पार्टी परित्याग गरेको बताए ।