काठमाडौं-नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । बैठब शुक्रबार संसद भवनको ल्होत्से हलमा सुरु भएको हो ।
बैठकलाई दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । बैठकमा निर्वाचनको तयारी र सरकारका कामबारे अध्यक्ष ओलीले पार्टीको धारणाबारे जानकारी गराइरहेका छन् ।
संसद् अधिवेशन अन्त्यको पूर्वसन्ध्यामा एमालेको संसदीय दलको बैठक बसेको हो । संसद्को अधिवेशन शनिवार मध्यरातिदेखि गर्ने सरकारको तयारी छ ।





प्रतिक्रिया