अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोलिबाट हामी संसद्मा उपस्थित हुने छैनौँ : अध्यक्ष ओली

भोलिबाट हामी संसद्मा उपस्थित हुने छैनौँ : अध्यक्ष ओली


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलिबाट संसद्मा उपस्थित नहुने बताउनु भएको छ।

नेकपा एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले भोलिदेखि कुनै पनि हिसाबले संसद् राख्न खोज्नु तमासा मात्र भएको बताउँदै भोलिबाट प्रचलन अनुसार नै संसद्मा उपस्थित नहुने बताउनु भएको हो।

अध्यक्ष ओलीले सांसदहरूलाई चाडपर्वको शुभकामना दिँदै भन्नुभयो, ‘सबै माननीयहरूलाई हार्दिक बधाई, दसैँ लगायत सबै चाडपर्वको शुभकामना, हामीले सानदार रूपमा आफ्नो कार्यकाल पुरा गरेका छौ।’

​​​​बैठकमा अध्यक्ष ओलीले पार्टीबाट निर्वाचित सांसदहरूलाई बिदाइ गर्दै मङ्सिर ४ को निर्वाचनमा चमत्कारिक परिणाम आउने गरी खटिन निर्देशन समेत दिनु भयो । उहाँले भन्नुभयो, ‘मङ्सिर ४ मा आम निर्वाचन हुँदै छ । यो निर्वाचनमा एमालेले चमत्कारिक उपलब्धि हासिल गर्नुपर्छ । त्यसका लागि तपाईँ हामी सबैले आआफ्नो ठाउँबाट सम्पूर्ण शक्ति लगाउनुपर्छ ।’

उहाँले जो, जसले, जहाँ जे जिम्मेवारी पाइन्छ, त्यो जिम्मेवारी पुरा गर्न देश र जनतालाई शिरमा राखेर अघि