अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले उम्मेदवार छान्न बोलायो सचिवालय बैठक

एमालेले उम्मेदवार छान्न बोलायो सचिवालय बैठक


काठमाडौं – नेकपा एमालेले मंसिर ४ मा हुने तिनिधिसभा तथा प्रदेश सभा सदस्यका उम्मेदवार छान्न भोलि (शनिवार) केन्द्रीय सचिवालय बैठक बोलाएको छ । शनिवार १ बजेपछि बस्ने गरी बैठक बोलाएको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार भदौ दोस्रो साता बसेको केन्द्रीय कमिटी बैठकले क्षेत्रीय कमिटी, जिल्ला कमिटी हुँदै प्रदेश कमिटीलाई उम्मेदवार सिफारिस गरेर पठाउन दिएको निर्देशन अनुसार सिफारिस भएर आएका उम्मेदवारका नाममाथि छलफल गर्न केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो ।

असोज २ र ३ गते समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएका कारण सूचीबारे निर्णय गर्न बैठक बस्न लागेको हो । एमालेले समानुपातिकबाट यसअघि सांसद भएकालाई विशेष अवस्थाबाहेक नदोहोर्‍याउने मापदण्ड बनाएको छ ।