अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको वाकाथनमा हजारौं सहभागी

एमालेको वाकाथनमा हजारौं सहभागी


काठमाडौं- संविधान दिवसका अवसरमा नेकपा एमालेले शनिबार बिहान वाकाथन गरेको छ ।

वाकाथनमा हजारौं एमाले कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक र सर्वसाधारण सहभागी भएका छन् । एमालेले ५० हजारभन्दा बढी वाकाथनमा सहभागी भएको जनाएको छ ।

काठमाडौंमा भएको वाकाथनलाई चुनावी प्रचारको संकेतको रुपमा पनि लिइएको छ । संसदको कार्यकालमा शनिबार राति १२ बजेदेखि सकिँदै गर्दा एमाले शान्त तरिकाले सडकमा निस्किएको हो ।

अध्यक्ष केपी शर्मा ओलीको सहभागितामा उपत्यकाका पाँच ठाउँबाट पैदल यात्रा भएको छ ।

पैदल यात्रा नयाँ बानेश्वर, मैतीदेवी, लैनचौर,कालिमाटी र कुपण्डोलबाट सुरु भएको छ ।

एमालेले असोज १ गते वाकाथन गरेर संविधान निर्माणको अगुवाइ गरेको पार्टीले नै संविधानको वास्तविक स्वामित्व लिएको सन्देश जनतालाई प्रवाह गरेको छ ।

पैदल यात्रा मार्फत सिंगो पार्टी पंक्ति चुनावी दौडमा अघि बढेको सन्देश प्रवाह गर्न खोजिएको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालको भनाइ छ ।

निर्वाचन कार्यक्रमअनुसार दलहरुले आइतबार र सोमबार समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउनुपर्नेछ ।