काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवस राष्ट्रिय चाड भएकाले यसलाई जनस्तरबाट मनाउन आग्रह गर्नुभएको छ ।
संविधान दिवसको अवसरमा आज बिहान काठमाडौंमा नेकपा एमालेले आयोजना गरेको पदयात्रालाई सम्बोधन गर्दै ओलीले एमालेले यसको सुरुवात गरेको बताउनुभएको छ ।
‘यो सरकारी नभएर राष्ट्रिय दिवसको रूपमा मनाइनुपर्दछ । यो आजसम्म हुन सकेको थिएन हामीले यसको सुरुवात गरेका छौं ’ अध्यक्ष ओलीले बसन्तपुरमा आयोजित सभामा भन्नुभयो ।
ओलीले कैयौं संघर्ष र बलिदानबाट प्राप्त संविधानको रक्षा र कार्यान्वयन गर्ने सन्दर्भमा विद्वेष र तनावको विषय बनाउने कुचेष्टा भएकोले त्यसको प्रतिकार गर्नुपर्ने अध्यक्ष ओलीको भनाइ छ ।





प्रतिक्रिया