काठमाडौं- समानुपातिक उम्मेद्वारहरुको नाम टुंगो लगाउनका लागि १ बजे बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक ४ बजेका लागि सरेको छ । तयार पुरा नभएकोले बैठकलाई तीन घण्टा पछि सारिएको एमाले स्रोतले जानकारी दिएको छ ।
केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीका अनुसार पार्टी केन्द्रीय कार्यलयमा १ बजे बस्ने भनिएको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने ४ बजे बस्नेछ ।
निर्वाचन आयोगले भोली असोज २ र पर्सी ३ गते समानुपातिक तर्फका उम्मेद्वारको बन्द सुची बुझाउन दलहरुलाई पत्राचार गरेको छ । त्यसको अन्तिम तयारीका लागि आजको बैठक बस्न लागेको हो । नेताहरुका अनुसार जिल्ला जिल्लाबाट ठूलो संख्यामा समानुपातिकको सुची आएकोले त्यसलाई केलाउन समय लागेको छ । यसैगरी संविधानको व्यवस्था बमोजिम समावेशी,भूगोल,पिछडिएको क्षेत्र,महिला,मधेसी,मुस्लिम,अल्पसंख्यक आदि अनुसार उम्मेद्वारहरुको सुची बझाउनु पर्ने भएकोले त्यसको गृहकार्यमा केही समय लागेको सचिवालयका एक सदस्यले जानकारी दिए ।
स्रोतका अनुसार आजको बैठकमा उम्मेद्वार छनौटको सैद्धान्तिक बिषयमा छलफल गरेर अन्तिम रुप दिनका लागि अध्यक्ष ओलीलाई दिने सम्भावना छ ।





प्रतिक्रिया