अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेशसभामा शेरधन राईका पाँच वर्षे अनुभव : गुन्द्री पिरामा बसेर संघीयताको अभ्यास सुरु गरियो

प्रदेशसभामा शेरधन राईका पाँच वर्षे अनुभव : गुन्द्री पिरामा बसेर संघीयताको अभ्यास सुरु गरियो


विराटनगर- नेकपा एमाले प्रदेश नं १ का संसदस्य दलका नेता तथा पूर्व मूख्यमन्त्री शेरधन राईले संसदको कार्यकाल सकिदै गर्दा आफ्ना पाँच वर्षे अनुभवको सम्झना गर्नुभएको छ ।
राईले आफू संघीय मन्त्री भए पनि संघीयताको जग बसाउन प्रदेशतिर झरेको उल्लेख गर्नुभएको छ । आफू मूख्यमन्त्री भएका बेला गुन्द्री र पिरामा बसेर काम गर्नु परेको राईको भनाइ छ ।
आफू मूख्यमन्त्री भएका बेला प्रदेशको राजधानी टुंगो लगाए पनि नाम राख्न नसकेकोमा सबैसँग राई क्षमा माग्नु भएको छ । तर नामांकनका विषयमा आफू सहजकर्ता मात्र भएको र मूख्य काम प्रेदसभाको भएको उहाँले स्मरण गराउनु भएको छ । राईले फेसबुक पेजमा लामो अनुभव लेख्दै आफूले मूख्यमन्त्री हुँदा गरेका कामका फेहरिस्त पनि प्रष्तुत गर्नुभएको छ । आजबाट संघीय संसदसँगै प्रदेशसभाको पनि समय अवधी सकिदैछ ।
राईले लेखेको अनुभव यस्तो छ

सबैमा सेवा, नमस्ते अनि अभिबादन
आजबाट प्रदेशसभा र प्रतिनिधीसभाको कार्यकाल पुरा हुदैछ
संस्थापक प्रथम मुख्यमन्त्रीको रुपमा ३ बर्ष ६ महिना ७ दिन बहाल रहँदा र प्रदेशसभाको कार्यकाल पुरा हुदै गर्दा मैले केही कुराहरुको स्मरण गर्दै भन्नैपर्छ १
सर्बप्रथम,
मलाई संघीयता कार्यन्वयनका लागी ७ खम्बा मध्ये पहिलो खम्बाको रुपमा प्रदेश नं १ मा प्रथम मुख्यमन्त्रीको हैसियतमा काम गर्न मेरो पार्टी नेकपा एमाले ले पठाएकोमा श्रद्वेय अध्यक्ष केपी शर्मा ओलीप्रति बिशेष धन्यबाद र आभार प्रकट गर्दछु ।
म मुख्यमन्त्री बन्नका लागी सर्बसम्मत दलको नेता हुने स्थिती बनेन, निर्बाचनको माध्यमबाट चुनिने क्रममा मलाई मतदान गरी निर्बाचीत गराउने मेरो दलका माननीय सदस्यहरुलाई बिशेष धन्यबाद भन्न चाहन्छु ।
मेरो मन्त्रिमण्डलमा रहेर मलाई सफल बनाउन महत्वपुर्ण भुमिका खेल्ने र सहयोग गर्ने सबै मन्त्री राज्यमन्त्रीहरुलाई पनि बिशेष धन्यबाद भन्न चाहन्छु ।
सिंगो प्रदेशसभा, माननीय सभामुख,उपसभामुख र सबै माननीय सदस्यहरुको सदभाव सहयोग प्रति कृतज्ञता सहित धन्यबाद भन्न चाहन्छु ।
संगसंगै प्रदेश योजना आयोग, प्रदेश लोकसेवा आयोग, प्रदेश लगानी प्रधिकरण लगायत प्रदेश सरकारका प्रमुख सचिबहरु, मन्त्रालयका सचिवहरु र सिंगो निजामती कर्मचारी प्रशासन, सुरक्षा निकाय एबं निजीक्षेत्र, मिडिया हाउस लगायत सबै संचारकर्मीहरु प्रति पनि प्राप्तभएको सहयोग, सदभाव र शुभेच्छाप्रति हार्दिक आभार र धन्यबाद भन्न चाहन्छु ।
मेरो सचिवालयका सबै सदस्यहरु, सल्लाहकार सदस्यहरु सबैलाई हार्दिक धन्यबाद भन्न चाहन्छु ।

अब थोरै अनुभव र कामका कुराहरु पनि शेयर गर्न सान्दर्भिक ठान्दछु

.तीन तहको संघीयता हाम्रा लागी पहिलो अनुभव, प्रयोग र अभ्यास थियो । .तर केन्द्रिय सरकारको मन्त्री भएर काम गरिसकेको र संघीयताको मर्म, भावना र स्पीरिट धेरै हदसम्म बुझेको नाताले अनि शुन्य अवस्थाबाट गुन्द्री र पिरामा बसेर काम शुरु गर्नुपर्छ भन्ने पुर्ब मनस्थिती तयार गरेर गएको हुनाले खासै असहज, अप्ठ्यारो केही महशुस गर्नु परेन ।
.पहिलो एक बर्ष प्रदेश संरचनालाई उभ्याउने, खुट्टा टेकाउने र हिडाउने आधार तयार गर्दा नै बित्यो भन्दा फरक पर्दैन ।
.म नामका लागी, निजी स्वार्थका लागी मुख्यमन्त्री बन्न प्रदेशमा झरेको थिएन, संबिधान र संघीयताको कार्यन्वयन गर्दै केन्द्रिय अनुभव सहित प्रदेश संरचनालाई संस्थागत गर्न र प्रदेशको बिकास र समृद्विका लागी केही खाकाहरु कोर्दै थोरै भएपनि समृद नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षामा जोडिएर योगदान गरौं, राम्रो थिती बसाऔं, सही प्रणाली स्थापना गरौं, जसबाट खुसी र गर्बको अनुभुति लिन सकौं, मेरो जम्मा यति थियो स्वार्थ र सपना ।
.म पाँच बर्षको लागी निर्बाचीत भएको भएता पनि ३ बर्ष ६ महिना ७ दिन मात्र मुख्यमन्त्रीको रुपमा रहे म बहाल रहँदा गरेका कामहरुलाई मैले गरे भनेर भन्नैपर्छ ।
जस्तै
१. ६ दर्जन भन्दा बढी कानुन ऐनहरु र सयौंको संख्यामा कार्यबिधी एबं नियमावलीहरुको तर्जुमा ।
२. प्रदेश सरकारको लागी आवश्यक स्थायी र अस्थायी संरचनाहरुको स्थापना ।
३. आवधिक योजनाको तर्जुमा गरी स्वच्छ, सुखी र समृद्व प्रदेशको मुल दृष्टिकोण तय गर्नु ।
४. भौतिक पुर्बाधार बिकासका कामहरु सन्तुलित ढंगले प्रदेश भरि अगाडी बढाउदै ६२ भन्दा बढी बहुबर्षीय सडक तथा सडकपुलहरुको निर्माण कार्य शुरु गर्नु र धेरै जसो बनी सक्नु । त्यसैगरी ८१ भन्दा बढी सबै पालिका केन्द्र र महत्वपुर्ण बजारकेन्द्र र राजमार्गहरु जोडने गरी मुख्यमन्त्री ग्रामीण सडकहरुको निर्माण कार्य अगाडी बढाउनु ।
५. बिराटनगर घिनाघाट हरैचा सडक ,फोरल्याण्डको निर्माण गर्नु उदाहरणीय रहनु ।
६. सबै जसो झोलुंगेपुलहरु बनिसक्नु ।
७. खेलकुद मैदान, रंगशाला, सभाभवनहरु, खानेपानी सिंचाईका ठुलठुला आयोजनाहरुको सुरुवात गर्दै सम्पन्न हुने प्रक्रियामा रहनु ।
८. रुपान्तरणकारी परियोजनाहरुको छनौट हुनु र मुन्दुम ट्रेल लगायत पर्यटन पुर्बाधारका आर्कषक पार्कहरु निर्माण हुनु ।
९ झण्डै ३ सयभन्दा बढी बिधालयहरुमा आइटि शिक्षा संचालन गर्नु । बिधालय नर्सिंग कार्यक्रम संचालन गर्नु ।
१०. पहिलो प्रादेशिक बिश्व बिधालयको रुपमा मनमोहनप्राबिधिक बिश्वबिधालयको स्थापना गर्नु ।
११. स्वीस सरकारबाट १ अर्ब अनुदान सहयोग लिने एकमात्र प्रदेशमा पर्नु ।
१२. स्वास्थ्य क्षेत्रमा उल्लेख्य कामहरु गर्नु र कोभिड १९ को रोकथाम र नियण्त्रणमा चालिएका कदमहरु देशमै उदाहरणीय रहनु ।
१३. लागु औषध र दुर्ब्यसनमुक्त, सक्षम र असल नागरिकयुक्त प्रदेश बनाउने उधेश्यका साथ लागु औषध र दुर्ब्यसनका बिरुद्व म अघि बढछु भन्ने नाराका साथ सगरमाथा टिन्स क्लब मार्फत झण्डै २ लाख बिधार्थीहरुलाई संगठीत गरी परिचालन गर्नु ।
१४. सिमा सुरक्षा, नागरिक सुरक्षा र बिपद आदिमा सुरक्षा निकायहरुको प्रभावकारी परिचालनका लागी सवारी साधन लगायत अन्य सामाग्रीहरु उपलब्ध गराउदै प्रभावकारी रुपमा समन्वय गर्न सक्नु ।
१५. मुख्यमन्त्री ड्यासबोर्ड संचालनमा ल्याई डिजीटल प्रदेशको अवधारणालाई अगाडी बढाउनु ।
१६. छरितो मन्त्रीमण्डल बनाएर चुस्त रुपमा मितब्ययी ढंगले काम गर्नु र कुनैपनि खाले बिकृति र बेथितीहरुलाई जन्मन, हुर्कन नदिई सरकारको नेतृत्व गर्नु ।
१७. प्रदेश राजधानी टुंग्याउनु । अन्य थुप्रै महत्वपुर्ण कार्यहरु छन जसलाई गोजी पुस्तिकाको रुपमा सार्बजानिक गरिसकिएको छ ।
अन्तमा मैले एउटा कुरामा स्पष्टिकरण दिनैपर्छ । त्यो केहो भने, म बहाल रहेको बेला प्रदेशले नाम पाएन । तर मेरो कारणले प्रदेशले नाम नपाएको भने होइन । हामीले राजधानी टुंग्याउयौं तर नाम टुंग्याउन दलहरु तयार भएनन । मैले तोक्ने कुरा थिएन । यो नितान्त प्रदेशसभाको अधिकार क्षेत्रभित्रको कुरा थियो अर्थात दुईतिहाई माननीय सदस्यहरुको मतबाट टुंग्याउनुपर्ने संबैधानिक ब्यवस्था रहेको बिषय हो । सरकार प्रमुखको हैसियतमा मैले छलफल, परामर्श र सहजीकरण गर्ने मात्रको जिम्मेवारी थियो त्यो पहल गर्दा गर्दै पनि सबै दलहरु तयार नभएकोले आ(आफ्नै बिचार भावना र मान्यतामा अडिक रहेको र अर्को तर्फ कोभिड १९ को महामारीका कारण बाक्लो छलफल हुन सकेन संगसंगै अनपेक्षित राजनितीक घटनाक्रमका कारण मैले सरकार छोडनु परयो । जुन कुरा सबैमा बिदितैछ । यसरी म बहाल रहेको बेला नाम टुंगिन सकेन । म भन्दा पछि दुईजना मुख्यमन्त्री हुनुभो वहाँहरु रहेको बेला प्रदेशले नाम पाएको भए स्वाभाविक रुपमा फलानाले राख्न नसकेको नाम मैले राखे, अथवा उस्को पालामा राख्यो भन्ने ठाउँ हुन्थ्यो, बजारमा कुराहरु बिकाउन सकिन्थ्यो । तर वहाँहरु रहेको बेला पनि नाम नआएपछि अब त्यो ठाउँ रहेन र मेरो थाप्लोमा मात्र दोष रहेन । तर म आफु बहाल रहेको बेला प्रदेशको नामांकन हुन नसके बापतको मेरो भागमा पर्ने जिम्मेवारी म बोक्न तयार रहेको कुरा निसंकोच भन्न चाहन्छु ।
यसरी मैले इमान्दारीतापुर्बक आफ्नो स्वच्छ र निष्कलंकित छबीलाई कायम गर्दै म जति समय जिम्मेवारीमा रहेर काम गरे, यसमा म पुर्ण सन्तुष्टि र सफल रहेको मैले बोध गरेकोछु । आगामी दिनमा पनि जिम्मेवारीमा रहँदा वा नरहँदा त्यही इमान्दारीता, नैतिक मुल्य र स्वच्छताको जगमा उभिएर देश र जनताको सेवामा सर्मपित भइरहने बचनबद्वता ब्यक्त गर्दछु ।
सबैमा हार्दिक न्यानो अभिबादन सहित बिशेष धन्यबाद 🇳🇵
शेरधन राई
संस्थापक पहिलो मुख्यमन्त्री, प्रदेश नं १
स्थायी कमिटी सदस्य, नेकपा एमाले