काठमाडौं -नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई कुन संविधान पढेर संसदमा आउनुहुन्छ भनेर सोध्नु भएको छ ।
संसदको अन्तिम बैठकमा बोल्दै देउवाले प्रतिगमत भएर संसद पुनस्थापना भएकोले आज यो संसदमा बोल्न पाइएको भनेपछि अध्यक्ष ओलीले देउवालाई कुन संविधान पढेर आउनु भएको भनेर सोध्नु भएको हो ।
अध्यक्ष ओलीले निर्वाचन गर्नुलाई प्रतिगमन भन्ने हो भने मंसिरमा प्रतिगमन हुदैछ ? भनेर प्रश्न गर्नुभएको छ । ‘संविधान अनुसार देश अघि बढेको भए गत बैशाखमा नै निर्वाचन भएर अहिले नयाँ संसदमा हामी हुन्थ्यौं’ अध्यक्ष ओलीले भन्नुभयो ‘चुनाव गर्नुलाई प्रतिगमन भन्ने प्रधानमन्त्रीज्यू कुन संविधान पढेर आउनु भएको हो ?’





प्रतिक्रिया