भक्तपुर- नेकपा एमालेको सचिवालय बैठकले समानुपातिक उम्मेद्वारमा संवैधानिक व्यवस्था अनुसार कुन आरक्षण क्षेत्रबाट कतिजना सिफारिस गर्ने भन्ने बारेमा छलफल गरेको छ ।
उपमहासचिव प्रचार तथा प्रकाशन विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार अध्यक्ष केपी शर्मा ओलीले आरक्षणका क्षेत्रहरु महिला,दलित,जनजाती,पिछडिएको क्षेत्र,अल्पसंख्यक,अपांगता भएका क्षेत्रबाट समानुपातिक प्रणालीमा के कति संख्यामा सिफारिस हुन्छन् भनेर बैठकलाई जानकारी गराउनु भएको छ ।





प्रतिक्रिया