अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालयको बैठक आज ११ बजे,समानुपातिकको नामावली भोली बुझाइने

एमाले सचिवालयको बैठक आज ११ बजे,समानुपातिकको नामावली भोली बुझाइने


काठमाडौ- नेकपा एमालेले समानुपातिक तर्फका उम्मेद्वारको सुची आज टुंगो लगाउने भएको छ ।
विहान ११ बजे सचिवालय बैठकले समानुपातिक प्रतिनिधित्व हुनुपर्ने तर्फका क्षेत्रलाई मिलाएर उम्मेद्वार सिफारिस गर्ने उपमहासचिव एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने बैठकले समानुपातिक तर्फका १ सय १० जना उम्मेद्वारको नाम टुंगो लगाउने भएको हो ।
हिजोको बैठकमा अध्यक्ष ओलीले समानुपातिक प्रधिनिधित्वको ढाँचा र संवैधानिक व्यवस्थाका विषयमा बैठकमा ब्रिफिङ गर्नुभएको थियो । समानुपातिक तर्फका उम्मेद्वारको नाम आज टुंग्याएर भोली समानुपातिक उम्मेद्वारको नाम निर्वाचन आयोगमा बुझाउने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।