काठमाडौं-नेपाली कांग्रेसको संसदीय समितिको बैठक छ । समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची तय गर्न कांग्रेस बैठक बालुवाटारमा बिहान ९ बजेदेखि जारी रहेको हो ।
बैठकले प्रतिनिधि र प्रदेशसभामा समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची तय गर्ने छ । कांग्रेस सहमहामन्त्रीले मातहतका समितिबाट केन्द्रमा सिफारिस भएर आएका उम्मेदवारको नाम क्लस्टर अनुसार सूचीकृत गरेर शुक्रबार प्रतिवेदन बुझाएका थिए ।
उक्त प्रतिवेदनबाट उम्मेदवार छनोटका लागि कांग्रेस संसदीय समितिमा छलफल भइरहेको छ । समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूची असोज २ र ३ मा बुझाउने निर्वाचन आयोगको कार्यतालिका छ ।





प्रतिक्रिया