अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘धारामा पानी आउँदा खुशीको सीमा छैन ’

‘धारामा पानी आउँदा खुशीको सीमा छैन ’


जाजरकोट-पुखौँदेखि खानेपानीको समस्या भोग्दै आएकी नलगाड नगरपालिका–१ चिउरीकी धनकला चदाराको घरआँगनमै पानी पुगेको छ । नहकुलीको उच्च पहाडमा रहेको मुहानबाट आँगनमै धारा निर्माण गरेर चौबीसै घण्टा पानी निरन्तर आउँदा उहाँमा खुसीको सीमा नै छैन ।

आफूभन्दा अगाडिका पुस्ताले पानीकै लागि गरेको दुःख र सङ्र्घषका दिन सम्झँदै उहाँ भन्नुहुन्छ, “छोराछोरी साना हुँदा डोकाले तोरेर ९बन्द गरेर० पिउने पानी ल्याउनका लागि आधा घण्टा टाढा जानुपथ्र्यो, आधा घण्टा बच्चा रोइकराइ निद्रामा परिसकेका हुन्थे, अहिले घरआँगनमै पानी आएको छ ।”

धनकलाजस्तै ५१ वर्षीय रमिता विकको पनि पानीकै लागि भोगेको पीडा कम छैन । उहाँ भन्नुुहुन्छ, “आफ्नै गाउँठाउँका मान्छे माननीय भएपछि मात्र पानी घरआँगनमै पाएका छौँ । अब पानीबाट हुने सबै काम गर्छौँ, पानी नहुँदा हाम्रो गाउँमा छोरीबुहारीलाई कति दुःख थिए ।” करिब एक सय ४० घरधुरीभन्दा बढी दलित समुदाय रहेको चिउरीमा पानी ल्याउनका लागि स्रोत नहुँदा आधा घण्टाको दूरी पार गरी डोकामा गाग्री बोकेर पानी ल्याउनुपर्ने बाध्यता रहेको थियो । उकालोमा पानी ल्याउँदा हैरानी खेप्नुपरेको उहाँले पीडा सुनाउनुभयो । अब त्यो दुःख पूर्णरूपमा हटेको छ ।

उहाँहरूजस्तै नलगाड–१ र २ का छ सय ५० घरधुरीमा एकैपटक घर–घरमा खानेपानीको धारा पुगेको छ । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र स्थानीयवासीको झण्डै साढे चार करोड श्रमदानबाट खानेपानी निर्माण भएको हो ।
विसं २०७४ मा निर्माण सुरु गरिएको नहकुली खानेपानी आयोजना करिब पाँच वर्षभित्र निर्माण पूरा भएको छ । चौध किलोमिटर दूरीबाट ल्याइएको पानीबाट आधा दर्जन गाउँमा चौबीसै घण्टा पानी पुगेको निर्माण उपभोक्ता समिति अध्यक्ष टकबहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार पानीका मुहानबाट पानी जम्मा गरी प्रत्येक घरमा पानी उपलब्ध गराइएको छ ।

एक सय ५१ ठूला–साना ट्याङ्की निर्माण गरी घर–घरमा पानी ल्याइएको अध्यक्ष घर्तीले जानकारी दिनुभयो । दलित बस्ती, गढी, छेप्का, बैरीताल, चिसापानी, अनाहपानी, माफगाउँ र स्यालचौरलगायतका गाउँका स्थानीयवासीको घरमा पानी पुगेको छ ।

कर्णाली प्रदेशका निर्वतमान जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले खानेपानी आयोजनाको शुभारम्भ गर्नुभयो । खानेपानी धारामा समस्या तथा मर्मतदेखि अन्य काममा स्थानीयवासी आफैँ सक्रिया हुनुपर्नेसमेत उहाँले बताउनुभयो ।

नलगाड नगर प्रमुख डम्बर रावतले खानेपानीको निरन्तर अनुगमन, निगरानी हुनुका साथै समस्या परेमा हल गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।