काठमाडौं-नेपाल नाई संघले काठमाडौं उपत्यकामा कपाल काटेको सेवा शुल्क बढाएको छ । संघले काठमाडौं उपत्यकामा कपाल काट्दा न्यूनतम शुल्क २ सय रुपैयाँ तोकेको छ ।
यसअघि १५० रुपैयाँ रहेकोमा ५० रुपैयाँ शुल्क बढाइएको हो । संघका अनुसार दाह्री काटेको १२० देखि १५० रुपैयाँ निर्धारण गरिएको छ । टाउको मसाजको २०० रुपैयाँ, स्याम्पु गरेको १२० देखि १५० रुपैयाँ शुल्क तोकिएको छ ।
यसैगरी, फेस ब्लीच गरेको ७०० देखि एक हजार रुपैयाँसम्म तथा फेसियल गर्दा एक हजार देखि २ हजार रुपैयाँदेखि लाग्ने भएको छ । फेसवासको ४०० रुपैयाँदेखि ६०० रुपैयाँ पर्न जान्छ भने कपाल कालो कलर गरेको ५०० देखि ६५० रुपैयाँ र थ्रेडिङ्ग गरेको १२० रुपैयाँबाट सुरु भएर १५० रुपैयाँसम्म लिइने मूल्यसूचीमा उल्लेख छ ।








प्रतिक्रिया