काठमाडौं-निर्वाचन आयोगले गत स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउनेलाई जरिवाना गरेको छ । स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने, ढिलो गरी बुझाउने नगर प्रमुख तथा उपप्रमुखका उम्मेदवारको सूची सार्वजनिक गर्दै आयोगले जनही ४ लाख ५० हजारका दरले जरिवाना गरेको हो ।
खर्च विवरण नबुझाउने तथा ढिलो बुझाउनेलाई स्पष्टीकरण सोधिएको तर चित्तबुझ्दो नभएपछि देशभरका ३ हजार ७ सय ५६ नगर प्रमुख÷उपप्रमुखका उम्मेदवार जरिवानामा गरिएको आयोगले जनाएको छ ।
आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई चुनाव खर्चको विवरण नबुझाउने तथा ढिलो बुझाउनेलाई भदौ १ गते १ हप्ताको समय दिएर स्पष्टीकरण मागेको थियो । तर उनीहरुले चित्तबुझ्दो स्पष्टीकरण नदिउको भन्दै जरिवाना गरिएको हो ।





प्रतिक्रिया