अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धनका शीर्ष नेताको बैठक जारी

सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धनका शीर्ष नेताको बैठक जारी


काठमाडौं-सिट बाँडफाँट गर्न सत्ता गठबन्धनका शीर्ष नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेतासहित कार्यदलका सदस्यहरुको बैठक जारी रहेको हो ।

११ सदस्यीय कार्यदलका सदस्यसहित कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु छलफलमा सहभागी रहेको जनाइएको छ ।

गठबन्धनमा प्रतिनिधिसभाको १६५ सिटमध्ये ९० प्रतिशतमा सहमति जुटेपनि अन्य निर्वाचन क्षेत्रको भागबण्डामा सकस पर्दै आएको छ ।