अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनएमबी बैंकले दशैं-तिहारलाई लक्षित गरी प्लास्टिकरहित बजार सञ्चालन गर्दै

एनएमबी बैंकले दशैं-तिहारलाई लक्षित गरी प्लास्टिकरहित बजार सञ्चालन गर्दै


काठमाडौं – एनएमबी बैंकले स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवर्द्धन र प्रोत्साहन हुने गरी प्लाष्टिकरहित बजारको आयोजना गर्न लागेको छ।

बैंकले नेपालीहरुको महान चाड दशैं र तिहारलाई लक्षित गरी उक्त बजार आयोजना गर्न लागेको हो । जसमा ६० भन्दा बढी स्टलहरु राख्ने जानकारी गराएको छ।

एनएमबि बैंकले आफ्ना ग्राहकवर्गलाई कर्जा प्रदान गर्ने मात्र नभई ग्राहकहरुको उत्पादनलाई बजारमा प्रवद्र्घन गर्न सहज होस् भन्ने उद्देश्यका साथ सम्पूर्ण आवश्यक सामग्रीहरु एकै स्थानमा उपलब्ध हुने गरी यस बजार आयोजना गर्न लागेको हो।

बजारमा जुत्ता, लताकपडा, चिया, केक, ह्याण्डीक्राफ्ट, साबुन, सर्फ, झोला लगायत दैनिक जीवनमा आवश्यक सामान क्युआर/पोस मार्फत सहुलियत मुल्यमा खरिद गर्न सकिने जानकारी गराइएको छ।

बैंकले यही असोज ८ गते शनिबारको दिन सानेपास्थित हेरिटेज गार्डेनमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म आयोजना गर्ने छ। 

एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १३८ एटीएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।