अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिवसताक्षीमा सवारी दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु

शिवसताक्षीमा सवारी दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु


झिलझिले – पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा भएको सवारी दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ।

शिवसताक्षी नगरपालिका वडा नम्बरको सैनिक चोकमा अहिले साँढे ४ बजे कार आफै अनियन्त्रित भई दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । बा १४ च ९१०८ नम्बरको कार दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतक सुनसरी घर भएका भनिए पनि उनीहरूको पहिचान खुल्न सकेको छैन ।

दुर्घटनामा अन्य तीनजना सक्त घाइते भएका छन् । घाइतेको उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल पठाइएको छ। दुर्घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।