चितवन – पूर्वी चितवनको रत्ननगरमा डेंगी रोगबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर–१ का २७ वर्षीय पुरुष रहेका छन्।
उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। अस्पतालका फिजिसियन डा. आलोक प्रधानका अनुसार डेंगी सङ्क्रमणका पुष्टि भएर उपचारका क्रममा उनको मृत्यु भएको हो। अध्ययनका क्रममा काठमाडौँ बस्दै आएका उनमा ज्वरोका कारण पुरानो मेडिकल कलेजमा भर्ना भएका थिए।
जिल्लामा हालसम्म ४२९ जनामा डेंगीको सङक्रमण पुष्टि भएको छ। दुई हजार ८७७ जनाको नमूना परीक्षणका क्रममा उनीहरुमा डेंगी देखिएको हो। जिल्लामा भेटिएका डेंगीका बिरामीमध्ये ६२ जनाको ठेगाना नखुलेको र १०६ जिल्ला बाहिरका छन्
प्रतिक्रिया