अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी


काठमाडौं – सत्तारुढ गठबन्धनका दलहरुबीच सिट बाँडफाँटको विषय टुंग्याउन बालुवाटारमा बैठक चलिरहेको छ । अपराह्न ४ बजेदेखि बसेको बैठकमा दलहरुले सिट बाँडफाँट टुंगो लगाउने कसरत गरिरहेका छन् ।

सिट बाँडफाँटबारे मंगलबार बिहान पनि कार्यदलका सदस्यसहित शीर्ष नेताबीच सामान्य छलफल भएको थियो ।  एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका अनुसार अहिले ठोस सहमति जुटाउने प्रयास भइरहेको छ ।  पाँच दलीय सत्ता गठबन्धनले साउन २० गते नै सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरेपनि सहमति जुट्न सकेको थिएन ।

प्रतिनिधि सभाको १६५ सिटमध्ये अधिकांश सहमति जुटेपनि केही निर्वाचन क्षेत्रमा दोहोरो र तेहोरो दावीका कारण सिट बाँडफाँटलाई अन्तिमरुप दिन गठबन्धनलाई सकस परेको छ ।

गठबन्धनले साउनमा सिट बाँडफाँटका लागि कृष्ण सिटौलाको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । त्यो कार्यदलले गठबन्धनका शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाइसकेको छ । त्यसैमा रहेर छलफल हुने बताइएको छ ।