काठमाडौं -नेकपा एमालेले दुईजना स्थायी कमिटी सदस्यलाई पनि संघीय संसदको समानुपातिक सुचीमा राखेको छ । स्थायी कमिटी सदस्यहरु रघुजी पन्त र गोरखबहादुर बोगटी समानुपातिकमा पर्नु भएको हो । विभिन्न क्लस्टरबाट समानुपातिकमा परेका केही नामहरु यो बेलालाई प्राप्त भएको छ ।
कुल १ सय १० जनाको सुची बुझाएको एमालेलाई निर्वाचन आयोगले आगामी असोज ८ गतेसम्म सुची सुधार्नका लागि समय दिएको छ ।
स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओलीले अहिले बुझाएको सुचीमा कुनै हेराफेरी नहुने नेताहरुलाई निर्देशन दिनुभएको छ ।
यो बेलालाई प्राप्त जानकारी अनुसार मेनका पोखरेल (दाङ),निर्मला शर्मा,भारती पाठक समानुपातिक सुचीमा परेका छन् । यसैगरी खगेन्द्र राई,हेमराज राई गोरख बहादुर बोगटी दयाल बहादुर शाही पनि समानुपातिक सुचीमा समेटिएका छन् । यसैगरी इश्वर बहादुर बिक,अमृतलाल राजवंसी पनि समानुपातिक सुचीमा परेका छन् । राजवंसी र हेमराज राई केही समय अघि एमाले प्रवेश गरेका हुन् ।





प्रतिक्रिया