अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिट बाँडफाँट टुंग्याउन गठबन्धनका नेताहरूको बैठक बस्दै

सिट बाँडफाँट टुंग्याउन गठबन्धनका नेताहरूको बैठक बस्दै


काठमाडौं-सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे बसने बैठकमा सिट बाँडफाँटको टुंगो सहमति खोजिने भएको हो ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटलाई टुंग्योमा पुगाउन गठबन्धनका शीर्ष नेताहरूका साथै कार्यदलका सदस्यहरू पनि सहभागी हुने छन् ।

हिजो बसेको बैठकमा प्रतिनिधिसभातर्फ १६५ मध्ये सय सिटमा सहमति जुटेको र बाँकी सिटमा आज सहमति जुटाउने नेताहरूले बताउनु भएको छ ।