काठमाडौं-राष्ट्रपतिको कदमबारे छलफल गर्न सत्ता गठबन्धनका नेताहरुको बैठक जारी छ । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे छलफल गर्न सत्ता गठबन्धनका नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको हो ।
संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्छ । तर राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि उनको आलोचना भइरहेको छ ।
सत्ता गठबन्धनको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटबारे पनि छलफल हुने नेताहरुले बताएका छन् ।





प्रतिक्रिया