अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिको कदमबारे गठबन्धनले विज्ञप्ति जारी गर्ने

राष्ट्रपतिको कदमबारे गठबन्धनले विज्ञप्ति जारी गर्ने


काठमाडौं-सत्तारुढ गठबन्धनले राष्ट्रपतिको कदमबारे विज्ञप्ति जारी गर्ने भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे विज्ञप्ति जारी गर्ने निर्णय गरेको हो ।

बैठकमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे गम्भीर छलफल भएको नेताहरुले बताउनु भएको छ । सिट बाँडफाँटका विषयमा छलफल गर्न बोलाइएको गठबन्धनको बैठकमा राष्ट्रपतिको कदमबारे मात्रै छलफल भएको बताइएको छ ।

संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले मंगलबार नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने भएपनि गर्नु भएन ।