अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँच दलीय गठबन्धन फुट्यो, राष्ट्रपतिविरुद्धको वक्तव्यमा जनमोर्चाले गरेन हस्ताक्षर

पाँच दलीय गठबन्धन फुट्यो, राष्ट्रपतिविरुद्धको वक्तव्यमा जनमोर्चाले गरेन हस्ताक्षर


काठमाडौँ – पाँच दलीय सत्ता गठबन्धन फुटेको छ । राष्ट्रिय जनमोर्चाको तर्फबाट अध्यक्षकै हैसियतामा गठबन्धनको विज्ञप्तिमा हस्ताक्षर गर्दै आउनु भएकी दुर्गा पौडेलले विज्ञप्तिमा हस्ताक्षर गर्नु भएको छैन । स्रोतका अनुसार उहाँ मंगलबारको बैठकमा पनि सहभागी नै हुनु भएको छैन ।

गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाले नागरिकता बिद्येयकप्रति आफ्नो आपत्ति रहेको जनाउँदै राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबिरुद्ध हस्ताक्षर नगर्ने जनाई बहिष्कार गरेपछि गठबन्धन औपचारिक रुपमा फुटेको हो ।

सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको निष्कर्ष निकाल्नका लागि बोलाएको बैठकमा जनामोर्चाका प्रतिनिधि पनि गएनन र विज्ञप्तिमा हस्ताक्षर पनि आएन । पाँच दलीय गठन्धन भनिए पनि चार दलका नेताहरूले मात्र हस्ताक्षर गरेका विज्ञप्ति निकालेका छन् ।

गठबन्धन विभाजित बनेपछि चार दलका शीर्ष नेता प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको उल्लंघन गरेको निष्कर्ष निकालेको छ ।

राष्ट्रपतिले सुझावसहित संसदमा फिर्ता पठाएको बिद्येयकलाई बालुवाटारमा बसेर चार दलका नेताले जस्ताको तस्तै पारित गर्ने जनाई अपमान गरेको यथार्थ भुलेर प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवले प्रमाणिकरण नगरी संसदमा अपमान र संविधानको उलंघन गरेको आरोप लगाएका छन् ।