काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफू नुवाकोटको क्षेत्र नम्बर १ बाटै चुनाव लड्ने बताउनु भएको छ ।
बुधबार बिहान नुवाकोट १ कांग्रेसले छाड्न नहुने भन्दै भेट्न आएका कार्यकर्तासँग डा. महतले आफूले पार्टी नेतृत्वसँग पनि निरन्तर नुवाकोट १ मै चुनाव लड्ने चाहना व्यक्त्त गरिरहेको र संयोगवस कसैको भेट भए आफ्नो कुरा पनि गरिदिन अनुरोध गर्नुभयो ।
उहाँले नुवाकोटमा विकासको स्वरूप नै नबनेको भन्दै त्यसका लागि आफूले काम गर्न मन लागेको बताउनु भयो । उहाँले आफू समानुपातिक सूचीमा रहरले नबसेको तर नेताहरूले राखेको बताउँदै १६ गतेसम्म संशोधन गर्ने मिल्ने भएकाले टिकटका लागि लागिदिन कार्यकर्तालाई पनि अुनरोध गर्नुभयो ।





प्रतिक्रिया