अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिको कदमप्रति समर्थन जनाउँदै युवा संघको र्‍याली

राष्ट्रपतिको कदमप्रति समर्थन जनाउँदै युवा संघको र्‍याली


 काठमाडौं – नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा र्‍याली निकालेको छ। एमाले नेता महेश बस्नेत लगायतका युवा संघका नेताहरु राष्ट्रपति भण्डारीको समर्थनमा उत्रिएका हुन्।

संघीय संसद्का दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पुगेको विधेयक विवादित बनेको छ ।

पहिलो पटक राष्ट्रपति भण्डारीले विधेयक संशोधन गर्नुपर्ने सुझावसहित संसद्लाई नै फिर्ता पठाउनु भएको थियो । संसद्ले दोस्रो पटक जस्ताको त्यस्तै पारित गरेर पठाए पनि राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगर्नु भएको हो ।

नेपालको संविधानले १५ दिनभित्रमा राष्ट्रपतिले विधेयक पारित गर्नुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण नभएपछि सत्ता गठबन्धनले भने त्यसको विरोध जनाएको छ । गठबन्धनका ४ दलले एक संयुक्त विज्ञप्ति जारी गरेको छ ।