अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धनले राष्ट्रपतिमाथि हिलो छ्याप्ने दुष्प्रयास : विष्णु रिजाल

सत्ता गठबन्धनले राष्ट्रपतिमाथि हिलो छ्याप्ने दुष्प्रयास : विष्णु रिजाल


काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले नागरिकता विधेयकमा सत्ता गठबन्धनले आफ्नो अयोग्यता र गलत नियत ढाकछोप गर्न राष्ट्रपतिमाथि हिलो छ्याप्ने दुष्प्रयास गरेको आरोप लगाउनु भएको छ।

नेता रिजालले सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाउनु भएको हो ।

उहाँले सत्तारूढ गठबन्धन मुलुकमा मुठभेड सिर्जना गरी चुनावलाई प्रभावित गर्ने षडयन्त्रमा लागेको आभास भएको समेत बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘प्रधानन्यायाधीशलाई नजरबन्दमा राखेर न्यायालयलाई आफ्नो पञ्जामा राखेर जंगलीराजको अभ्यास गरिरहेको गठबन्धनले मुलुकको सर्वोच्च संस्थालाई विवादमा तानेर संविधान र व्यवस्थालाई असफल पार्ने योजनामा लागेको भन्दै खबरदारी र प्रतिरोध गरौं !’