अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागरिकता विधेयक राष्ट्रहितमा थिएन, दोष राष्ट्रपतिलाई मात्रै दिन मिल्दैन : स्वतन्त्र पार्टी

नागरिकता विधेयक राष्ट्रहितमा थिएन, दोष राष्ट्रपतिलाई मात्रै दिन मिल्दैन : स्वतन्त्र पार्टी


काठमाडौं – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकता विधेयकको प्रमाणीकरण रोकिनुको दोष राष्ट्रपतिको मात्रै नभएको निष्कर्ष निकालेको छ।

प्रवक्ता तथा महामन्त्री डा. मुकुल ढकालले विज्ञप्ति जारी गर्दै ‘गैरसंवैधानिक’ परिस्थितिको दोष राष्ट्रपतिले मात्र होइन संसद र राजनीतिक दलहरुले बोक्नुपर्ने बताउनु भएको छ ।

‘विधेयक राष्ट्रहितमा थिएन तर ५ वर्षसम्म नागरिकता जस्तो विषयमा मौन रहेर अन्तिम समयमा जुन किसिमको हतारो गरियो, त्यो शंकास्पद रहेको छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘यसरी विधेयकलाई चुनावी एजेण्डाका रुपमा प्रयोग गर्नु दूषित राजनीतिक अभ्यास हो।’

नागरिकता विधेयकका लागि संसदीय समितिमा भएका छलफललाई अर्थहीन बनाएर नयाँ विधेयक ल्याउनु नै गल्तीको सुरुवात भएको पार्टीको निष्कर्ष छ।

विज्ञिप्तमा भनिएको छ- ‘त्यसपछि सत्तापक्षको बलमिच्याइँ तथा विपक्षी दलबाट राजनीतिक अभिष्ट पूरा गर्न गरिएको धुर्त्याइँले गल्ती थप जटिल भएको हो।’