अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कपनको आगलागीमा दुईजनाको मृत्यू

कपनको आगलागीमा दुईजनाको मृत्यू


काठमाडौं – कपनको एक घरमा भीषणा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा आज साँझ आगलागी भएको थियो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ ।
घरको दोस्रो तलामा रहेका दुई जनाको मृत्यु भएको उपत्यका प्रहरी प्रमुख रवीन्द्र धानुकले जानकारी दिनुभयो । धानुकका अनुसार घरको माथिल्लो तलामा रहेकाहरुको उद्दार गरिएको छ ।

अहिले दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । साँघुरो गल्ली भएका कारण दमकल जान समेत अप्ठ्यारो भएको छ ।