अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धादिङको गजुरीमा बसको ठक्करबाट बालकको मृत्यु भएपछि तनाव

धादिङको गजुरीमा बसको ठक्करबाट बालकको मृत्यु भएपछि तनाव


काठमाडौं – धादिङको गजुरी गाउँपालिका–१ को गजुरी बजारमा विद्यालय जाँदै गरेका बालकलाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ।

आज विहान विद्यालय जाँदै गरेका ६ वर्षीय विजय परियारको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। गोरखाबाट काठमाडौं आउँदै गरेको बसले जेब्राक्रसमा सडक पार गर्दै गरेका बालकलाई ठक्कर दिएको थियो ।

विद्यार्थीको मृत्यु भएपछि आक्रोशित स्थानीयबासिन्दा र विद्यार्थीले ठक्कर दिने गाडीमा तोडफोड र आगजनी गरेका छन् । उनीहरुले राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन्।