मकवानपुर – मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको छ ।
काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको बस सडकबाट तल खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिए । दुर्घटनामा घाइते भएकाहरुलाई हेटौँडा लगिएको छ ।
दुर्घटनामा परेर ६ जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ‘उद्दार कार्य हुँदै छ, च्यापिएको अवस्थामा ६ जनाको शव निकालेका छौं ।’





प्रतिक्रिया