अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुकुमपूर्वमा बस दुर्घटना, ३ जनाको मृत्यु

रुकुमपूर्वमा बस दुर्घटना, ३ जनाको मृत्यु


रुकुमपूर्व – रुकुम पूर्वमा बस दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ।

काठमाडौंबाट रुकुमपूर्व तर्फ जाँदै गरेको धौलागिरी यातायातको ग १ ख ९१०९ नम्बरको बस मध्य पहाडी लोकमार्ग भूमे गाउँपालिका–२ थाबाङ बगरमा सडकमबाट एक सय मिटर तल खसेको हो ।

बिहीबार दिउँसो भएको दुर्घटनामा परि तीन जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (डिएसपी) प्रकाश डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार दुई जना पुरुष र एक महिलाको मृत्यु भएको हो।

घाइतेलाई उद्धार गरि स्थानीय मेडिकल र जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको उहाँले बताउनुभयो।