अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुकुम पूर्वमा बस दुर्घटना अपडेट : मृतकको संख्या ४ पुग्यो

रुकुम पूर्वमा बस दुर्घटना अपडेट : मृतकको संख्या ४ पुग्यो


रुकुम पूर्व – रुकुम पूर्वको भूमे गाउँपालिका-३ को क्याङ्सी बगरमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना भन्दा बढी घाइते भएका छन् ।

काठमाडौंबाट रुकुमकोटतर्फ जाँदै गरेको ग १ ख ९१०९ नम्बरको बस सडकबाट ५० मिटर तल बगरमा खसेर दुर्घटना भएको रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी प्रकाश डाँगीले जानकारी दिनु भयो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।

घाइतेहरुलाई उपचारका लागि रुकुम पूर्व जिल्ला अस्पताल लगिएको छ ।