अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विवाह गरेको भोलिपल्ट विदेशीलाई नागरिकता दिने कुरा स्वीकार्न सकिदैन : अध्यक्ष थापा

विवाह गरेको भोलिपल्ट विदेशीलाई नागरिकता दिने कुरा स्वीकार्न सकिदैन : अध्यक्ष थापा


मकवानपुर – राप्रपा नेपालका अध्यक्ष कमल थापाले बिबाहकै भोलिपल्ट विदेशीलाई नागरिकता दिने कुरा स्वीकार्न नसकिने बताउनु भएको छ ।

मकवानपुरको बकैया गाउँपालिकामा भएको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष थापाले बिबाह गरेर ल्याएको भोलिपल्टै नागरिकता दिने कुरामा कुनैपनि हालतमा सहमति गर्ननसकिने बताउनु भएको हो ।

अध्यक्ष थापाले नागरिकता कागजको खोस्टो मात्र नभएको स्पष्ट पार्नुभयो । उहाँले लोकतन्त्रको आवरणमा सत्तारूढ दलहरूले ब्रम्हलुट र सर्वसत्तावादी प्रवृत्ति देखाएको आरोप लगाउनु भयो ।