अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘सुसाइड नोट’ लेखेर गायिका जेरुसा राई बेपत्ता

‘सुसाइड नोट’ लेखेर गायिका जेरुसा राई बेपत्ता


ललितपुर – ललितपुरको धोविघाटबाट गायिका जेरुषा राई बेपत्ता भएकी छन् ।

बिहीबार साँझ ७ बजेदेखि उनी सम्पर्कविहीन भएको भन्दै परिवारले जिल्ला प्रहरी परिसर, ललितपुरमा खोजीका लागि निवेदन दिएका छन् ।

हालसम्म उनलाई फेला पार्न नसकिएको ललितपुर प्रहरीका प्रवक्ता सुधीरराज शाहीले बताउनु भयो ।

३० वर्षीया राई आमासहित सानेपामा बस्दै आएकी थिइन् । उनको कोठामा ‘सुसाइड नोट’ पनि फेला परेको प्रहरी स्रोतको भनाइ छ ।

जेरुसा राई युट्युबबाट चर्चित भएकी हुन् ।  युवापुस्तामा लोकप्रिय ३० वर्षीया राईले लेखेको ‘नोट’ फेला परेको छ । नोटमा उनले लेखेकी छिन्– ‘कसैलाई पनि दोष दिन्न, मेरो जीवनको दोषी म आफैँ हुँ ।’ उनी बेलायत बसेर फर्केकी थिइन् । उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।