अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनसँग जनतासामु जाने कुनै आधार छैन : विष्णु पौडेल

गठबन्धनसँग जनतासामु जाने कुनै आधार छैन : विष्णु पौडेल


रूपन्देही – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले विचार, दृष्टिकोण, नीति कार्यक्रमसहित जनतासामु जाँदा गठबन्धनसँग जनता सामु जाने कुनै आधार नभएको बताउनु भएको छ ।

उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘एमाले विचार, दृष्टिकोणसहित घोषणा पत्र लिएर निर्वाचनामा होमिइसकेको छ। तर सत्ता गठबन्धनसँग न विचार छ, न नीति छ, न कार्यक्रम छ, न दृष्टिकोण छ न निर्वाचनमा जान घोषणा पत्र छ यस्तो अवस्थामा उसलाई जनता सामु जान र अप्ठेरो परिरहेको छ ।’

सत्ता गठबन्धनसंग मुलकको नेतृत्व गर्ने नेतृत्व र त्यसलाई निर्देशित गर्ने साझा घोषणा पत्र समेत नभएको जनताले पत्याउने कुनै आधार नभएको उहाँको दाबी छ ।  उहाँले भन्नुभयो, ‘हामीले अबको सरकारको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुन्छ भनेर निर्णयका साथ जनता सामु मत माग्न थालिसकेको छौं । तर गठबन्धनले अबको प्रधानमन्त्री को हो भनेर सोध्यो भने जवाफ दिन सक्दैन ? उनीहरुले प्रधानमन्त्रीको नाम समेत प्रस्ताव गर्न सक्ने अवस्थामा छैनन् ।’

चुनावमा गठबन्धन भनेको बाँडेर खाने मात्रै भएको भन्दै पौडेलले एमाले कार्यकर्ताहरुले यी विषयहरु जनता सामु प्रष्ट पार्नुपर्ने बताउनु भयो । सत्तागठबन्धन केवल बाडेर खाने दाउमा देखिएको बताउदै नेकपा एमालेको एकल बहुमत हुने गरी लाग्न र गठबन्धनका नाममा भएका देश विरोधी गतिविधि आम मतदातालाई बुझाउन कार्यकर्ताहरुलाई समेट्न नेतृत्वलाई पौडेलले निर्देशन दिनु भयो ।

प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा सम्पन्न परिषद बैठकको उदघाटन सत्र उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको संचालन तथा दुर्गा थारुको स्वागतमा सम्पन्न भएको थियो ।

बैठकमा प्रदेश सल्लाहकार परिषद सदस्यमा मनोनित तथा प्रदेश संगठन कमिटी सदस्यमा मनोनित सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइएको थियो ।