अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनआईसी एसियाको खातामा रेमिट्यान्स बुझ्नेलाई दशैंमा ३ सय रुपैयाँ दक्षिणा पाइने

एनआईसी एसियाको खातामा रेमिट्यान्स बुझ्नेलाई दशैंमा ३ सय रुपैयाँ दक्षिणा पाइने


काठमाडौं – एनआईसी एसिया बैंकले वडा दशैं, तिहार, नेपाल सम्वत् तथा छठ पर्वको पावन अवसरमा दक्षिणा अफर ल्याएको छ।

बैंकले ‘एनआईसी एसियामा रेमिट्यान्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको हो। यस बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिट्यान्स बुझ्ने ग्राहकहरूलाई आकर्षक दक्षिणाको व्यवस्था गरिएको बैंकले जनाएको छ।

बैंकले २०७९ आश्विन १ देखि कात्तिक ३० सम्म लागू हुने गरी ल्याएको यस योजना विश्वका विभिन्न देशहरूबाट स्वदेशमा पठाएको रेमिट्यान्सको हकमा लागू हुनेछ।

योजनामा विदेशमा रहेका आफन्त वा साथीहरूले पठाएको रेमिट्यान्स यस बैंकमा रहेको खातामार्फत बुझ्दा उक्त खातामा बैंकले दक्षिणाको रुपमा थप ३ सय रुपैयाँ प्रदान गर्ने व्यवस्था गरेको छ ।

यो बैंकका मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ।