काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नेकपा एमाले लगायतका दलसँग चुनावी तालमेल गर्न वार्ता टोली गठन गरेको छ।
पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय वार्ता टोली गठन गरेको हो ।
लोसपा नेता लक्ष्मणलाल कर्णले एमाले लगायतका दलहरुसँग चुनावी तालमेलको पहल गर्न वार्ता टोली गठन गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘एमाले लगायत विचार मिल्ने अन्य दलहरुसँग चुनावी गठबन्धनका लागि वार्ता टोली गठन भएको हो।’

वार्ता टोलीमा वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, अनिल झा, सर्वेनद्रनाथ शुक्ल र जितेन्द्र सोनल रहेका छन्।
सत्ता गठबन्धनसँग तालमेलका लागि गरेको प्रयास असफल भएपछि लोसापाले एमालेसँग सहकार्य गर्न लागेको छ । यसअघि नेपाली कांग्रेसले लोसपालाई पनि पाँचदलीय गठबन्धनसँग चुनावी तालमेलमा सामेल गर्ने प्रयास गरेको थियो।






प्रतिक्रिया