काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसिर ४ गते हुने निर्वाचन केपी शर्मा ओली वा शेरबहादुर देउवामध्ये कसको नेतृत्व रोज्ने जनमत संग्रह भएको बताउनु भएको छ ।
पार्टी निकट युवासंघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले गठबन्धन दलसँग कुनै एजेण्डा र कसले नेतृत्व गर्ने भन्ने खाका नै नभएको बताउनुभयो ।
नेता पोखरेलले एमालेले अध्यक्ष ओलीलाई सर्वसम्मत प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धनको कुनै लक्ष्य छैन। कुनै उद्देश्य छैन। कसले नेतृत्व गर्ने भन्ने योजना छैन । तर, एमालेसँग स्पष्ट नीति छ, स्पष्ट उद्देश्य र नेतृत्व छ। अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारिसकेका छौं।’
महासचिव पोखरेलले भूपरिवेष्ठित देशका लागि समुन्द्रमा अधिकार हुनुपर्छ भन्ने कुरा पनि पहिलोचोटी ओलीले नै स्थापित गरेको दाबी गर्नुभयो ।





प्रतिक्रिया