काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध भ्रम फैलाउनेहरुमाथि अरिङाल भएर खनिन निर्देशन दिनु भएको छ ।
शुक्रबार युवा संघको कार्यक्रममा ओलीले भन्नुभयो, ‘हाम्रा विरुद्ध सञ्चारमाध्यमहरु झुसे बारुलो भएर खनिन हुने, हामी चाहिं अरिङाल हुन नहुने ? हाम्राविरुद्ध भ्रम फिजाउने, प्रचारबाजी गर्नेहरुलाई अरिङाल भएर ध्वस्त पार्नैपर्छ।’
उहाँले पछिल्लो प्रविधिको प्रयोग गर्न र जिउँदो युवा बन्न युवा संघलाई निर्देशन दिनु भयो ।





प्रतिक्रिया