जनकपुरधाम – पूर्व मन्त्री तथा लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरियालाई एमालेमा प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जनकपुरधाम पुग्नुभएको छ ।
यसअघि नेपाली काँग्रेसका युवा नेता सन्तोष यादवलगायत नेता कार्यकर्ताहरुलाई पार्टीमा प्रवेश गराउन भदौ २७ गते जनकपुर पुग्नुभएका अध्यक्ष ओली १८ दिनपछि फेरी जनकपुर पुग्नुभएको हो ।
आज अगरियासहित हजारौँ कार्यकर्तालाई एमाले प्रवेश गराउन जनकपुर पुग्नुभएका अध्यक्ष ओलीले आफ्नै सरकारका पालामा ल्याएको रेल चढ्नुभएको हो ।
जनकपुरबाट टिकट काटेर अध्यक्ष ओली धनुषाको विदेह नगरपालिकास्थित तीनकोरियाको रेल स्टेशनसम्म पुग्नुभयो ।





प्रतिक्रिया