अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस संस्थापन इतर पक्षको खबरदारी सभा सुरु

कांग्रेस संस्थापन इतर पक्षको खबरदारी सभा सुरु


काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहले आयोजना गरेको खबरदारी सभा सुरु भएको छ।

काठमाडौंको नयाँ बानेश्वरमा आयोजना गरिएको भेला नुवाकोटका निवर्तमान सभापति जगदीश्वरनरसिंह केसीको अगुवाइमा आयोजना भएको हो।

टिकट वितरणमा ४० प्रतिशत भाग पाउनु पर्ने भन्दै आयोजना गरिएको छ । भेलामा संस्थापन इतर समूहका नेता शेखर कोइराला र उहाँको समूहबाट पदाधिकारीहरु भने उपस्थित छैनन्।

शेखर समूहले पटक-पटक भेला र बैठक गरेर सभापति शेरबहादुर देउवालाई दबाब दिंदै आएको छ। साथै आफूहरूलाई न्यायोचित व्यवहार नगरिए गठबन्धनमा समेत समस्या आउने शेखर समूहले चेतावनी दिइरहेको छ।