जनकपुरधाम – बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जनकपुर आइपुग्नुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रेल चढ्नुभएकाे छ ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष ओली आफूले सरकारकाे नेतृत्व गर्दा किनेर ल्याएकाे जनकपुर-जयनगर रेलमा चढ्नुभएकाे हाे । उहाँले पैसा तिरेरै रेल चढ्नुभएकाे हाे ।
जनकपुरधाम विमानस्थलबाट सिधै जनकपुर रेल्वे स्टेशन पुग्नुभएका ओली त्यहाँ रेलको टिकट काटेर रेल चढेर कार्यक्रमस्थल पुग्नुभएकाे हाे । त्यसक्रममा उहाँले जनकपुरबाट महिनाथपुर स्टेशनसम्म रेलयात्रा गर्नुभयाे ।
जनकपुरधाम विमानस्थलबाट सिधै जनकपुर रेल्वे स्टेशन पुग्नुभएका ओली त्यहाँ रेलको टिकट काटेर रेल चढेर कार्यक्रमस्थल पुग्नुभएकाे हाे । त्यसक्रममा उहाँले जनकपुरबाट महिनाथपुर स्टेशनसम्म रेलयात्रा गर्नुभयाे । त्यसपछि उहाँ कार्यक्रम स्थल विदेह नगरपालिस्थित तीनकौरियातर्फ लाग्नुभयाे ।
पूर्व मन्त्री तथा लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरिया, निवर्तमान सांसद अमृता अग्रहरि, कैलुदेवी विश्वकर्मा, जसपाकी निवर्तमान प्रदेशसभा सदस्य डा. रिना यादवलाई एमालेमा प्रवेश गराउन कार्यक्रम रहेको छ ।
हेर्नुस् तस्वीरमा यस्तो देखियो:
प्रतिक्रिया