अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मंसिर ४ गतेपछि एमालेको सरकार बन्छ : अध्यक्ष ओली

मंसिर ४ गतेपछि एमालेको सरकार बन्छ : अध्यक्ष ओली


धनुषा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको चुनावपछि एमालेको नेतृत्वमा सरकार बन्ने बताउनु भएको छ ।

धनुषाको विदेह नगरपालिस्थित तीनकौरियामा आज आयोजित बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रममलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्ने बताउनुभयो । ‘तपाईंहरुलाई के लाग्छ मंसिर ४ पछि एमालेको सरकार बन्छ कि बन्दैन ? भन्ने उहाँको प्रश्नमा दर्शकदीर्घाबाट आवाज आयो- बन्छ ।

एमालेको सरकार बनेको एक महिनामै नागरिकतासम्बन्धी समस्या समाधान हुने अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मंसिर ४ को चुनावपछि एमालेको सरकार बन्नेछ र सरकार बनेको एक महिनाभित्र नागरिकताको समस्या समाधान गरिनेछ, जन्मसिद्धका नागरिकलाई तुरुन्त नागरिकता दिइनेछ, एमालेले नेपाली नागरिकलाई नागरिकता देउ भन्छ तर गठबन्धन गैरनागरिकलाई नागरकिता देउ भन्छ ।’

कमजोर तत्वहरु एमालेसँग डराएर एमाले विरुद्ध भ्रम फैलाइरहेका अध्यक्ष ओलीले बताउनुभयो । आफूहरुले नागरिकता समस्या समाधान गर्न संसद् नभएका बेला नागरिकतासम्बन्धी अध्यादेश ल्याएको तर विरोधीहरुले अगाडि बढ्न नदिएका उहाँले स्मरण गराउनुभयो । त्यतिबेला जन्मसिद्धका ५-६ हजार सन्तानले नागरिकता पाइसकेको अवस्थामा अहिलेको गठबन्धनमा रहेका नेताले अदालतमा मुद्दा हालेर रोकेका अध्यक्ष ओलीले बताउनुभयो । संसद् छलेको भनेर अदालतले नचाहिने कुरा गरेको पनि उहाँले बताउनुभयो ।

‘मंसिर ४ को चुनावपछि एमालेको सरकार बन्नेछ र सरकार बनेको एक महिनाभित्र नागरिकताको समस्या समाधान गरिनेछ, जन्मसिद्धका नागरिकलाई तुरुन्त नागरिकता दिइनेछ, एमालेले नेपाली नागरिकलाई नागरिकता देउ भन्छ तर गठबन्धन गैरनागरिकलाई नागरकिता देउ भन्छ ।’

संसद् चल्दाचल्दै पार्टी फुटाउने अध्यादेश ल्याउँदा, एमालेका सांसद् राखेर सरकार बनाउँदा, परमादेश जारी गर्दा संविधानकाे धारा नचाहिएकाे तर जन्मसिद्धका नागरिकका छाेराछाेरीलाई नागरिकता दिउँ भन्दा राेकिएकाे उहाँले बताउनुभयाे ।

देशभर जस्तै मधेशमा पनि एमाले प्रवेशकाे लहर चलिरहेकाे भन्दै अध्यक्ष ओलीले एमालेलाई विगतमा मधेशमा प्रवेश निषेध गरिएका दिनकाे पनि स्मरण गर्नुभयाे । विगतमा आफूले भाषण गरेर गएकाे केही समयमै गाेली चलेकाे स्मरण गर्दै उहाँले त्यतिबेला राज्यले नै गाेली चलाएकाे बताउनुभयाे । पार्टी र बहुमत भन्दा मधेशका जनताकाे ज्यान ठूलाे हाे भनेर आफूले मधेश प्रवेशकाे कार्यक्रम राेकेकाे अध्यक्ष ओलीले स्मरण गर्नुभयाे ।

सरकारमा छँदा आफूहरुले समग्र देशसँगै मधेशकाे विकासका लागि धेरै काम गरेकाे अध्यक्ष ओलीले बताउनुभयाे । आफू नेतृत्वकाे सरकारले किनेर ल्याएकाे रेल चढेर कार्यक्रमस्थलसम्म आएकाे जानकारी दिँदै उहाँले हुलाकी राजमार्ग बनेकाे, मधेशमा ढलकाे व्यवस्था गरिएकाे बताउनुभयाे । तराईकाे विकासकाे जिम्मा आफूले लिने उद्घाेष अध्यक्ष ओलीले गर्नुभयाे ।

सुकुम्बासीका समस्या पनि आफूहरुले समाधान गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयाे । चुनावपछि एमालेकाे सरकार बन्छ र ५ वर्षमा नेपालबाट सुकुम्बासी समस्या समाधान गर्ने अध्यक्ष ओलीले बताउनुभयाे ।